Banner News

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत



काठमाडौँ, २६ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

आज भएको मतदानमा उनले उनको पक्षमा २६८ मत पर्‍यो । विपक्षमा दुई मत पर्‍यो । आजको बैठकमा २७० सांसद उपस्थित थिए ।

उनलाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी जनतम पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहित स्वतन्त्र सांसदहरूको समर्थन गरेका हुन् । नेमकिपा र राष्ट्रिय जनमोर्चाले भने विपक्षमा मतदान गरे ।