काठमाडौँ, ८ फागुन । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर पार्टीको तर्फबाट निर्णय लिने अधिकार प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
उनले भने, “आजको बैठकले राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्षज्यूलाई दिएको छ । राष्ट्रिय सहमति कायम गरेर अघि बढ्ने निर्णय भयो ।”










प्रतिक्रिया दिनुहोस्