Banner News

सरकारद्वारा राष्ट्रपति समक्ष उपलब्धीसहितको वार्षिक प्रतिवेदन पेश



काठमाडौँ, २१ फागुन । सरकारले आर्थिक वर्ष ७८/७९ मा गरेका काम र प्राप्त उपलब्धीसहितको वार्षिक प्रतिवेदन पेश गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राष्ट्रपति भवन शीतलन निवासमा विद्यादेवी भण्डारी समक्ष सरकारको उपलब्धीसहितको वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।