Banner News

उपराष्ट्रपति निर्वाचन : संघतर्फ २५० र प्रदेशतर्फ ४७३ मत खस्यो



काठमाडौँ, ३ चैत । उपराष्ट्रपति निर्वाचनका लागि मतदान जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान जारी छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार हालसम्म संघतर्फ २५० र प्रदेश तर्फ ४७३ मत खसेको छ ।

उपराष्ट्रपति बन्न नेकपा (एमाले) उमेदवार अष्टलक्ष्मी शाक्य, गठबन्धनको सहयोगमा जसपा उमेदवार रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झा चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।

बिहान १० बजेदेखि सुरू भएको मतदान प्रकृया ३ बजेसम्म चल्नेछ ।