काठमाडौँ, १ फागुन । आज २०८२ साल फागुन १ गते शुक्रबारको राशिफल ।
मेष : आज तपाईंको मन शान्त बन्नेछ । सामूहिक कार्य गरेको भए सफलता मिल्नेछ । टाढा पुगेका साथी आज तपाईंको कुरा सुनेर सहकार्य गर्न आइपुग्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृष : दैनिक काममा सहजता मिल्नेछ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन् । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्नेछ ।
मिथुन : आज शुभ दिन रहेको छ । नयाँ कामको थालनी गर्दा उपयुक्त हुने देखिन्छ । बोलीका कारण साथीहरु रुष्ट भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । गुरुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ ।
कर्कट : तपाईंले गरेको मिहिनेतको फाइदा अरुले लिनेछन् । आत्मविश्वासको कमी हुँदा महत्त्वपूर्ण काम नबन्ने जोखिम छ । डुब्न लागेको सम्पत्ति भने फिर्ता हुने योग छ ।
सिंह : नयाँ कार्यको थालनी गर्न लागेको भए विज्ञसँग सल्लाह लिनु उचित हुनेछ । लामो समयदेखि रोकिएका योजना संशोधन गरेर अगाडि बढ्नुपर्ने समय आएको छ । विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।
कन्या : मनमा खुशी मिल्नेछ । उद्योग र व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ । अध्ययनमा मिहिनेत गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।
तुला : साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा लाभ हुने योग छ । दाम्पत्य जीवनमा खटपटी आउने जोखिम छ । शिक्षाको क्षेत्रमा लगानी गरे फाइदा हुने योग छ ।
वृश्चिक : कार्य क्षेत्रमा बौद्धिक क्षमताको प्रशंसा हुनेछ । सानो प्रयासले सोचेको काम बन्नेछ । खानपानमा ख्याल नगर्दा रोग बढ्ने भएकाले विशेष ख्याल गर्नुपर्ने समय छ। औषधीमा नियमित गर्नुपर्ने देखिन्छ ।
धनु : श्रमको मूल्य प्राप्त गर्न संघर्ष गर्नुपर्ने समय छ । आध्यात्मिक अभियन्तासँगको भेटले मनमा हौसला बढ्नेछ । आज बोलेका कुराले दीर्घकालीन प्रभाव पार्ने देखिन्छ । दैनिक काम गर्दा थोरै बोल्नु उचित हुन्छ । घर व्यवहारमा मिहिनेतको खाँचो देखिन्छ ।
मकर : आज जोगिएर काम गर्नुपर्ने दिन रहेको छ । आफन्तबाट सुझाव लिएर गरेको काम सफल बन्नेछ । स्वास्थ्यको क्षेत्रमा भने विशेष ध्यान दिनुपर्नेछ । धार्मिक कार्यमा मन जानेछ । भ्रमण गर्दैै हुनुहुन्छ भने रमाइलोसँग दिन बित्नेछ ।
कुम्भ : साहसिक काम गर्ने समय आएको छ । लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ । व्यापारमा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहेको छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।
मीन : शत्रु बढ्नेछन् । सन्तानको प्रगति देखेर मन खुशी हुनेछ । आर्थिक र सामाजिक क्षेत्रमा राम्रो प्रभाव देखिनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । मिहिनेतको फल प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।






प्रतिक्रिया दिनुहोस्