काभ्रेपालञ्चोक, २ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनममा बेथानचोक गाउँपालिकाका कर्मचारी तथा शिक्षकले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न बेथानचोक गाउँपालिकाले आग्रह गरेको छ ।
स्वच्छ, स्वतन्त्र, निपष्क्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ जारी गरेको सन्दर्भमा बेथानचोक गाउँपालिका भित्रका कर्मचारी तथा शिक्षकले पनि आचारसंहिता पूर्णरुपमा पालना गर्न गाउँपालिकाले सूूचना जारी गरी आग्रह गरेको हो ।
बेथानचोक गाउँपालिकाभित्र कार्यरत कर्मचारी तथा शिक्षकहरुलाई समेत आचारसंहिता अनिवार्यरुपमा लागूू हुने भएकाले आसन्न निर्वाचनमा उम्मेद्वार भएका उम्म्दवारहरुको पक्ष वा विपक्षमा भौतिकरुपमा उपस्थिति हुुने, सामाजिक सञ्जालमा टिप्पणी गर्ने, लगायत अन्य माध्यमबाट निर्वाचन प्रचारप्रसार तथा मत माग्ने जस्ता क्रियाकलाप नगर्नुु नराउनुु हुुन बेथानचोक गाउँपालिकाले जारी गरेको सूूचनमा उल्लेख गरेको छ । अन्यथा प्रचलित कानुुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत सयै सूचनामार्फत जानकारी गराएको छ ।










प्रतिक्रिया दिनुहोस्