काठमाडाैँ, २ फागुन । प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्पले हल्लिएको छ ।
६.४ तीव्रताको उक्त भूकम्प बलियो महसुस गरिए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन । कम्पन दिउँसो १ः३० बजे (०२ः३० जिएमटी) अघि आएको जनाइएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र एस्पिरिटु सान्टो टापुको पोर्ट ओल्री गाउँबाट करिब ५० किलोमिटर (३१ माइल) पश्चिममा अवस्थित थियो ।
जसका कारण अहिले सामान्य अवस्था रहेको बताइएको छ । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।










प्रतिक्रिया दिनुहोस्