बागलुङ, ३ फागुन । ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रु एक करोड सङ्कलन भएको छ ।
गत माघ २५ देखि यही फागुन १ गतेसम्म विविध कार्यक्रमसहित मनाइएको ५७औँ स्थापना दिवस कार्यक्रममा प्राप्त भएको रु ३७ लाखसहित उक्त रकम सङ्कलन भएको हो । प्राविधिकतर्फ पशुविज्ञान विषयमा दश जोड दुई तहको पठनपाठन सञ्चालन गरेको विद्यालयको शैक्षिक र भौतिक विकासमा परिचालन गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषमा हालसम्म रु एक करोड दुई लाख सङ्कलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्रीले बताए ।
विद्यालयको आन्तरिक स्रोतको कोषमा रहेको रु ६५ लाखबाट सुरु गरिएको अक्षयकोषमा ५६औँ वार्षिकोत्सवका अवसरमा गत वर्ष रु १५ लाख सहयोग प्राप्त भएको थियो । अक्षयकोषमा गलकोट समाज जापानले रु पाँच लाख, जितबहादुर खत्रीले रु तीन लाख, टीकाराम कँडेलले रु दुई लाख, गैरआवासीय नेपाली सङ्घ जापानले रु एक लाख ५० हजार, यमबहादुर खत्रीले रु एक लाख, भीमबहादुर पाण्डेको परिवारले रु एक लाख, कर्णबहादुर केसीले रु दुई लाख ११ हजार १११, हुमाकुमारी कँडेलले रु दुई लाख, रती घर्तीले रु ६५ हजार, पोकबहादुर घर्तीले रु ५० हजार र चित्रप्रसाद गौचनले रु एक लाख, राम चालिसेले रु तीन लाख ५० हजार र प्रकाश थापाले रु तीन लाख ५० हजार, लाखिम गैरेले रु ५० हजार र भक्त चोखालले रु ५० हजार सहयोग गरे ।










प्रतिक्रिया दिनुहोस्