काठमाडौँ, ४ माघ । आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ८.१६ अङ्कले घटेर २६६२.१० बिन्दुमा झरेको छ ।
नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य घटेको छ । त्यसले गर्दा पनि बजार सूचकमा सुधार आउन नसकेको हो । नेप्सेमा यस दिन १ सय ६३ कम्पनीको सेयर मूल्य घटेको छ ।
त्यसैगरी ८६ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ । सोमबार रिलायन्स स्पिनिङ मिल्स, बुद्धभूमि हाइड्रोपावर र सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
सोमबार नेप्सेमा कारोबार भएका धेरै समूहगत परिसूचक घटेका छन् । यस दिन बैंकिङ ०.७६, विकास बैंक २६.६६, जलविद्युत् ३६.७३, लगानी ०.६३, जीवन बीमा ५८.०५, लघुवित्त ११.४२, सामूहिक लगानी कोष ०.०४, निर्जीवन बीमा ५१.१३, अन्य १.७३ र व्यापार २५.५७ अंक घटेका छन् । तर, सोमबार नेप्सेमा वित्त १३.७९, होटल ३१.६३ र उत्पादनमूलक ४४.८३ अंक बढेका छन् ।
सोमबार नेप्सेमा ३ सय ३५ कम्पनीको ८० हजार ५ सय ५९ कारोबारबाट १ करोड ९६ लाख १६ हजार ३ सय ९५ कित्ता सेयर ७ अर्ब ९४ करोडमा खरिद–बिक्री भएको छ ।









प्रतिक्रिया दिनुहोस्