काठमाडौँ, ६ फागुन । भिडियो प्लेटफर्म युट्युबमा समस्या देखिएको छ । सेवा अवरुद्ध हुँदा लाखौँ प्रयोगकर्ताले भिडियो हेर्न, खोल्न तथा चलाउन पाएका छैनन् ।
सेवा अवरुद्ध भएको समयमा निगरानी गर्ने वेबसाइट ‘डाउनडिटेक्टर’का अनुसार दुई लाखभन्दा बढी प्रयोगकर्ताले समस्या भएको जानकारी दिएका छन् । धेरै प्रयोगकर्ताले मोबाइल र वेबसाइट दुवैमा समस्या देखिएको बताएका छन् ।
प्रयोगकर्ताहरूले भिडियो खोल्ने क्रममा ‘केही समस्या भयो’ भन्ने सन्देश देखिएको गुनासो गरेका छन् । कतिपयले भिडियो नचल्ने, पृष्ठ नखुल्ने तथा सामग्री लोड नहुने समस्या देखिएको बताएका छन् । हालसम्म सेवा अवरुद्ध हुनुको कारणबारे सम्बन्धित पक्षबाट औपचारिक जानकारी सार्वजनिक गरिएको छैन । सेवा पुनः नियमित अवस्थामा फर्किएको वा नफर्किएको विषयमा पनि स्पष्ट विवरण आउन बाँकी छ ।
18 February 2026 07:57 AM









प्रतिक्रिया दिनुहोस्