समाचार

४०७ ले बुझाए प्रहरी प्रशासनलाई हतियार



काठमाडौँ, ६ फागुन । बैतडीमा ४०७ जनाले प्रहरी प्रशासनलाई हतियार बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासनले आह्वान गरेअनुरुप यहाँका ४०७ जनाले प्रहरी प्रशासनलाई हतियार बुझाएका हुन् ।   

एक हजार ८६ थान हातहतियार रहेकामा हालसम्म ४०७ थान मात्र प्राप्त भएका छन् । उनले बाँकी हतियार बुझाउन सम्बद्ध व्यक्तिसँग आग्रह गर्दै निर्धारित समयभित्र त्यसो नगरे कारबाही हुने चेतावनी दिएका छन् ।  

प्रशासनलाई बुझाइएका सबै हतियार र गोलीगठ्ठा चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाइएको छ ।