काठमाडौँ, ६ फागुन । भोजपुरको भोजपुर नगरपालिका–३ स्थित सेतीबगरनजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ ।
जिल्लाबाट २४ जना सेना र चालकसहित २६ जना सवार बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।
उनका अनुसार, बस सडक नजिकैको घुम्तीबाट तल खसेको छ । दुर्घटनामा परी गम्भीर घाइते आठजनालाई सेनाको दुईवटा हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको नेपाली सेनाले जनाएको छ । जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेना बोकेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्