ललितपुर, ८ फागुन । अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गरेका छन् ।
पर्यटन बोर्ड र परिसूचक मिडियाको संयुक्त आयोजनामा ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री खनालले निर्वाचनलाई निष्पक्ष र सफल बनाउन सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका हुन् ।
देशको अर्थतन्त्रलाई बलियो बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको दाबी गर्दै अर्थमन्त्रीले विभिन्न नीतिगत कामहरू अघि बढिरहेको जानकारी दिए। पर्यटन र अन्य आर्थिक क्षेत्रको उन्नयनका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उनको तर्क थियो। निर्वाचनपछिको स्थिर सरकारले आर्थिक विकासका योजनाहरूलाई थप गति दिने विश्वाससमेत उनले व्यक्त गरे।










प्रतिक्रिया दिनुहोस्