रौतहट, ८ फागुन । गौर नगरपालिकास्थित पावर हाउसनजिक यात्रुवाहक बस दुर्घटना भएको छ ।
आज गौरबाट चन्द्रपुर नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको हो ।
दुर्घटनामा बसको अगाडिको भागमा क्षति पुगेको छ भने बिजुलीको पोल ढलेको छ। बसमा सवार सबै यात्रुहरू सुरक्षित रहेका छन्। केही यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ।
प्रारम्भिक रूपमा तीव्र गतिको कारण बस अनियन्त्रित भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्