समाचार

खैरो हेरोइनसहित युवक पक्राउ



काठमाडौँ, ८ फागुन । प्रहरीले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–१२ स्थित कपनबाट खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । 

बिहीबार पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–५ घर भएर कपन बस्ने ३१ वर्षीय डिमे लामा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । आरोपीको साथबाट प्रहरीले ५.१० ग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरेको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी कार्कीले जानकारी दिए।