समाचार

ब्राउन सुगरसहित दुई जना पक्राउ



काठमाडौँ, ९ फागुन । लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई रूपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार गैँडहवा गाउँपालिका–गोबडौरी भन्ने ठाउँमा लुम्बिनीबाट सूर्यपूरातर्फ से ३ प ६०० नं को मोटरसाइकलमा आउँदै गरेका रूपन्देहीको मायादेवी गाउँपालिका–१ वसन्तपुर बस्ने ३४ वर्षीय जगदिश कुर्मी र सोही मोटरसाइकल पछाडि सवार गैँडहवा गाउँपालिका–४ कुसुमहवा बस्ने ३१ वर्षीय महेश कुर्मीबाट उक्त लागुऔषध बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय सूर्यपूरा रूपन्देही र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा लागुऔषध फेला परेको हो ।

प्रहरीले निजहरू बस्ने घरकोठा खानतलासी गर्दा ३७ ग्राम ४७० मिलिग्राम लागुऔषध ब्राउन सुगर र डिजिटल तराजुसहित फेला पारेको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।