काठमाडौँ, १० फागुन । आज २०८२ साल फागुन १० गते आइतबारको राशिफल ।
मेष : राज्यका उच्च अधिकारीसँग भेट हुनसक्छ । साथीको साथ मिल्नेछ । ठुलो काम बन्ने योग छ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।
वृष : दिन सामान्य छ । शत्रु बढ्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । आम्दानीका दृष्टिले दिन राम्रो छ । विदेशको आकर्षण बढ्नेछ ।
मिथुन : व्यापारमा फाइदा हुनेछ । धार्मिक क्षेत्रको भ्रमण तय हुनेछ । यस्तो भ्रमणले मन शान्त बन्नेछ । साथीबाटै असहयोग हुनेछ ।
कर्कट : झुटा आरोप लाग्ने जोखिम छ । दैनिक कामलाई सुधार गर्नुपर्ने देखिन्छ । व्यापारमा सहकार्यबाट फाइदा हुनेछ । परिवारसँग मिलमिलाप बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
सिंह : दिन राम्रो छ । सम्पत्ति आर्जन हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ । शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ ।
कन्या : अपमान सहनुपर्ने दिन छ । सहकार्य गरेर अगाडि बढेमा व्यापारबाट फाइदा हुनेछ । राजनीतिमा सेवा गर्ने अवसरबाट टाढा पुग्नुपर्ने बाध्यता छ । स्वास्थ्यमा भने सुधार हुनेछ।
तुला : दिन राम्रो छ । सम्पत्ति जम्मा गर्ने दिन छ । शिक्षामा गरेको प्रयासबाट मनमा उत्साह थपिनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।
वृश्चिक : सञ्चित धन खर्च हुनेछ । दाजुभाइ र बन्धुबाट साथ मिल्नेछ । राज्यको तर्फबाट भने त्रास बढ्नेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । निजी शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ । परिवारलाई विश्वास नगर्नु उचित हुनेछ ।
धनु : शुभग्रहको बहुमत रहेकाले आज तपाईंका काम सफल बन्नेछन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । काम गर्ने उत्साह बढ्नेछ । आफन्तबाछ भने सचेत बन्नुपर्ने दिन छ ।
मकर : आफूभन्दा ठुला व्यक्तिसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ । धार्मिक कार्यमा संलग्न भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ ।
कुम्भ : साना कुराले मनमा खटपटी बढ्नेछ । मौसमी प्रकोपको जोखिम बढ्नसक्ने भएकाले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । धार्मिक कार्यमा सहभागी भएर काम सुरु गरे दिन सहज बन्नेछ ।
मीन : आज तपाईंले परोपकारमा बोलीको प्रयोग गर्नु उचित हुनेछ । शिक्षामा मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा साना कुराले दु:ख दिने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ ।










प्रतिक्रिया दिनुहोस्