समाचार

कटुवा पेस्तोलसहित एक जना पक्राउ



काठमाडौँ, ११ फागुन । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चारजनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेहरूबाट दुई थान कटुवा पेस्तोल, चार राउन्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो लागूऔषध र मोबाइल बरामद गरिएको छ ।

पक्राउ परेकामाथि डाका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदी, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेको थियो ।

घटनाका क्रममा गोली चल्दा दुईजना गम्भीर घाइते भएका थिए । प्रहरीले घटनामा प्रयोग भएको अटोरिक्सा नियन्त्रणमा लिएको छ भने अन्य फरार व्यक्तिको खोजी भइरहेको जनाएको छ ।