समाचार

गुण्डुको जंगलमा एक जना पुरुष मृत फेला



काठमाडौँ, १३ फागुन । भक्तपुरको गुण्डुस्थित जंगलमा एक जना पुरुष मृत भेटिएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सुर्यबिनायक नगरपालिका–७ गुण्डु स्थित राष्ट्रिय प्राणी उद्यान जंगलमा ४२ वर्षीय भरतराज थापाको शव भेटिएको हो ।

कटुन्जे बस्दै आएका थापा सोमबार घरबाट निस्केपछि परिवारको सम्पर्कमा थिएनन् । घटनास्थल नजिकै उनले प्रयोग गर्दै आएको बिएडी–६७४० नम्बरको कार र मोबाइल भेटिएको छ । उनी बैंकका कर्मचारी हुन् ।

घरबाट कार्यालय जान्छु भनेर निस्केका थापा सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खोजतलासको लागी निवेदन दिएका थिए । प्रारम्भिक अनुसन्धानबाट उनले विष सेवन गरेको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।