काठमाडौँ, १४ फागुन । रौतहट जिल्लामा मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवन पूर्ण रूपमा निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित उक्त आदेश जारी गरेको हो ।
सिडिओ दिनेश सागर भुसालद्वारा बुधवार जारी सूचनाअनुसार यही फागुन १८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री–वितरण र सार्वजनिक स्थानमा सेवन निषेध गरिएको छ ।
सूचनामा निषेधाज्ञा उल्लङ्घन गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ । साथै, सुरक्षा निकायमार्फत कडाइका साथ अनुगमन गरिने पनि प्रशासनले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्