काठमाडौँ, १४ फागुन । दाङको तुलसीपुरमा विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छ ।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका– ५ सुन्दरनगर टोलका ३९ वर्षीय सजक भनिने शेरबहादुर दमाइलाई तुलसीपुर – १६ रावतगाँउबाट पक्राउ गरेको हो ।
फागुन ५ गते बिहान तुलसीपुर ६ र ८ को सीमानामा पर्ने पातुखोलामा सिलिन्डर बम विस्फोट भएको थियो । चुनाव बहिस्कार गरेको नेकपा (बहुमत)ले त्यस दिन नेपाल बन्दको घोषणा गरेको थियो ।
चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा पक्राउ परेका नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला अहिले काठमाडौँ प्रहरीको हिरासतमा छन् । तुलसीपुरमा सिलिण्डर बम बिस्फोट गराएको आरोपमा प्रहरीले नेकपा (बहुमत)का अन्य कार्यकर्ताको पनि खोजी भइ रहेको जनाएको छ ।
पक्राउ परेका दमाइबिरुद्ध बुधबार विस्फोटक पदार्थसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्