पाल्पा, १४ फागुन । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरबाट सर्देवातर्फ आउँदै गरेको लु२ख २००१ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी चालक ३४ वर्षीय खिमबहादुर सोमई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका निम्ति लुम्बिनी मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
कच्ची सडकखण्डमा टिपर अनियन्त्रित भई करिब २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्