काठमाडौँ, १५ फागुन । आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल ।
मेष : दिन राम्रो छ । बौद्धिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा भने खटपटी बढ्नेछ ।
वृष : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । धार्मिक भ्रमण हुने योग छ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । बोल्दा सचेत नभएमा पछुतो हुनेछ ।
मिथुन : आज बोलीमा प्रभाव रहने देखिन्छ । तपाईंको बोली परोपकारमा प्रयोग गर्नु फलदायी हुनेछ । आम्दानी र इज्ज्त बढ्नेछ । राज्यको प्रमुख निकायमा सेवाको अवसर मिल्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
कर्कट : पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । दिन खराब भएकाले पिपलको दर्शन गर्नुहोला । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
सिंह : दिन राम्रो छ । परिवारमा रमाइलो भेटघाट हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
कन्या : आज गला र कलाको प्रशंसा हुनेछ । साथीको साथ लिएर योजना अनुसार अगाडि बढ्दा फाइदा हुनेछ । आज सोचेका काम बन्ने योग रहेको छ । गुरुको सल्लाह लिनुपर्ने दिन छ ।
तुला : आज शत्रु बढ्नेछन् । महत्त्वपूर्ण निर्णयमा अवरोध खडा हुनेछ । साथीभाइले असहयोग गर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
वृश्चिक : रोगसँग लड्ने क्षमता बढ्नेछ । बौद्धिक क्षेत्रका व्यक्तिको पहुँच रहेकाले राम्रा काम गर्ने हिम्मत गर्नुपर्नेछ । विपक्षीलाई पराजित गर्ने शक्ति मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
धनु : साथीभाइको सहकार्यबाट फाइदा हुनेछ । व्यापारमा नाफा कमाउने योग छ । खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ । बौद्धिक साथीले विपक्षी समूहलाई साथ दिँदा व्यवस्थापनमा कठिनाइ हुनेछ । परिवारको साथ मिल्नेछ ।
मकर : सानो कुराले मन अशान्त बन्नेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ । आफूभन्दा ठुलासँग बौद्धिक टकराब हुनेछ । हरेक ठाउँमा अवरोध हुने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
कुम्भ : धार्मिक कार्यमा सहभागी हुने दिन छ । आफूभन्दा ठुलासँग बोल्दा नम्र बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा विश्वास बढ्नेछ ।
मीन : अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले मन उदास बन्नेछ । दातृ संस्थामा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर रहे पनि सामाजिक क्षेत्रमा हरेक अप्ठेरो परिस्थिति बन्नेछ । परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ ।










प्रतिक्रिया दिनुहोस्