अर्थ

कागतीको मूल्य बढ्यो



काठमाडौँ, १९ फागुन । बजारमा कागतीको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार कागतीको मूल्य निरन्तर उकालो लागेको देखाएको हो ।

एक महिना अवधिमा थोकमै कागतीको मूल्य १६१.११ प्रतिशत बढेको छ । तथ्यांक अनुसार १९ माघमा कागती प्रतिकिलो औसत ९० रुपैयाँमा किनबेच भएको थियो । १९ फागुन आइपुग्दा भने कागती थोकमै औसत १६१.११ प्रतिशतले बढेर प्रतिकिलो २ सय ३५ रुपैयाँ कायम छ ।

पुस दोस्रो साता भने कागती प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो ।