समाचार

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार



वीरगञ्ज, ५ चैत  ।  पर्साको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा गरेको आरोप लागेको छ ।

पर्सागढी नगरपालिका–३ बिरुवा टोल बस्ने ३० वर्षे विशनाथ सहनीले यही चैत १ गते आफ्नो पत्नी हरिकलादेवी सहनीको धारिलो हतियार ‘दाउ’ प्रयोग गरेर बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएको आरोप लागेको हो ।

तर, प्रहरीले घटनाको चार दिन बित्दासमेत आरोपित सहनीलाई पक्राउ गर्न सकेको छैन । पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले अभियुक्त सहनीको खोजी तीव्र पारिएको बताए ।