सर्लाही, ५ चैत । सर्लाहीमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वाग्मती नगरपालिका–२ बस्ने श्याम गोलेको छोरा अन्दाजी दुई वर्षीय यनस गोले छन् । उनको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।
वाग्मती नगरपालिका–२ सानो डाबरीनजिकै ना. १ क ७३८२ नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्