समाचार

ट्याक्टर पल्टिँदा चालकको मृत्यु



काठमाडौँ, २३ चैत । पाल्पाको रामपुर नगरपालिका–३ गैँडुनमा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ३ त ७२५ नम्बरको ट्याक्टर पल्टिँदा रामपुर–४ बाङ्गेपसल निवासी ४२ वर्षीय टेकबहादुर आलेको मृत्यु भएको हो ।

रामपुर–३ का स्थानीय दुर्गबहादुर मल्ल ठकुरीको बारी जोत्ने क्रममा ट्याक्टर घुमाउने क्रममा अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टर पल्टिएपछि त्यसैमा च्यापिँदा चालक आलेको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।