अर्थ

नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो



काठमाडौँ, २३ चैत । सेयर बजार आज ८३.३३ अंकले बढेको छ ।

नेप्से परिसूचक ३.११ प्रतिशतले बढेर २७६०.०२ विन्दु कायम भएको हो । साताको पहिलो कारोबार दिन नेप्से उच्च अंकले घटेको थियो । आइतबार नेप्से २६७६.६८ विन्दु कायम थियो ।

आज ३४५ कम्पनीका दुई करोड ५१ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँको कारोबार भयो । २६४ कम्पनीको सेयर मूल्य बढ्यो । तीन कम्पनीको सेयर मूल्य घट्यो । एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन चार कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढ्यो । ती कम्पनीमा उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिद्धि पावर र नेसनल हाइड्रोपावर कम्पनी हुन् । उक्त सर्किट लागेका कम्पनीसँगै सुपरखुदी हाइड्रोसहित पाँच कम्पनीले उच्च रूपमा कमाए ।

सबैभन्दा बढी गुमाउने कम्पनीमा ८.५ प्रतिशतको लक्ष्मी बैंक डिवेञ्चर, सेञ्चुरी डिवेञ्चर २०८८, लक्ष्मी भ्यालु फन्ड २, रिलायन्स स्पिनिङ मिल्स र ९ प्रतिशतको आईसीएफसी डिवेञ्चर २०८८ छन् ।