अर्थ

बढ्यो गाडी भाडा



काठमाडौँ, २५ चैत । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ ।

इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो ।

नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको छ ।

विशेष गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई नै भाडा वृद्धिको मूल आधार मानिएको विभाग स्रोतले बतायो । यो निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा बढेको नयाँ दर अनुसार नै शुल्क तिर्नुपर्नेछ।