काठमाडौँ, २७ चैत । नुवाकोटको सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार एकजनालाई अदालतमा मुद्दा दायर गरेको छ ।
राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४, अर्चलेका नारायण तामाङलाई मुद्दा दायर गरिएको हो ।
डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माका अनुसार, सोही स्थानको चण्डेश्वरी सामुदायिक वनमा तामाङले आगो लगाइरहेको भिडियोसहित प्राप्त प्रमाणका आधारमा पक्राउपश्चात गरिएको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो ।
तामाङलाई वन ऐन, २०७६ को दफा ४९ (घ) अनुसारको कसुर गरेको दाबी गर्दै सोही ऐनको दफा ५० को उपदफा (४) बमोजिम तीन वर्षसम्म कैद र ६० हजार रुपैयाँ जरिबाना हुनुपर्ने नुवाकोट जिल्ला अदालतमा दायर गरेको मुद्दामा मागदाबी गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्