काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको वा नगरेको भन्ने विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।
सो विषयमा छानबिन गर्न मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठ, मन्त्रालयका कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विज्ञ कविन मलेकु गरी ३ सदस्यीय समिति गठन गरेको जनाएको छ ।
मन्त्रालयले उक्त समितिलाई उक्त विषयमा छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न समेत जिम्मेवारी तोकेको छ ।










प्रतिक्रिया दिनुहोस्