समाचार

चिडियाखानाभित्र एक पुरुष मृत फेला



काठमाडौँ, ३० चैत । ललितपुरस्थित चिडियाखानाभित्र एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार चिडियाखानाभित्रको पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको हो । 

आज बिहान डुबेको अवस्थामा फेला परेपछि प्रहरीले शव पाटन अस्पताल पुर्‍याएको छ । मृतकको पहिचान भने खुलेको छैन । अनुसन्धान गर्दैछौँ चिडियाखाना घुम्न गएका पुरुष हुनसक्ने अनुमान गरेको र थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।