अर्थ

बढ्यो अण्डाको मूल्य



काठमाडौँ, १ बैशाख । अण्डा उत्पादनमा कमी र माग बढेपछि मूल्य बढेको छ ।

लेयर्स कुखुरापालक सङ्घले फार्महरुको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएका हुन् । बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य ४६५ पुगेको छ । यसअघि प्रतिक्रेट ४५० मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य १५ ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य ४१५ कायम गरिएको छ । यसअघि यो अण्डा रु ४०० मा बिक्री हुँदै आएको थियो ।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट रु ५५० थियो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग र बढ्दै गएको गर्मीका कारण उत्पादनमा कमी आएको छ । सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट अण्डा आउने क्रम घटेको छ । यिनै कारणले अण्डाको माग बढेको र उत्पादन घटेकाले मूल्य बढेको हो ।