समाचार

ट्याक्टरबाट खसेर एकजनाको मृत्यु



काठमाडौँ, १ बैशाख । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दुर्गापुरबाट माइखोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचाकल कन्काई नगरपालिका–१ निवासी २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए ।

सोमबार दिउँसो २ बजे दनुवार ट्याक्टरबाट खसेका थिए । उनलाई उपचारका लागि कनकाई नगर अस्पताल, सुरुङ्गामा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएकोमा उपचारको क्रममा गए राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक कन्काई नगरपालिका–१ निवासी ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।