काठमाडौँ, १ बैशाख । कञ्चनपुरमा जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एकजना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जिल्ला अदालतको वि.सं. २०६४ जेठ २० गतेको फैसलाले तीन वर्ष कैद सजाय तोकिएका पुनर्वास नगरपालिका-२, अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना लामो समयदेखि फरार रहेका थिए ।
रानालाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका रानामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्