राजनीति

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौँ, २ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ ।

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ । त्यस्तै पार्टीको १५ औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि बैठकमा छलफल हुनेछ ।