काठमाडौँ, १९ कार्तिक । सरकारले आगामी ‘नेपाल पूर्वाधार सम्मेलन’ अघि लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित ५९ वटा कानुन संशोधन गर्ने तयारी गरेको छ ।
सम्मेलनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ५९ वटा कानुनका ४९४ वटा दफा संशोधनको अन्तिम चरणमा पुगेको जानकारी दिएकी हुन् ।
उनका अनुसार विभिन्न मन्त्रालयबाट संशोधनका लागि आएका मस्यौदाहरू हाल कानुन मन्त्रालयमा आइसकेका छन् र मन्त्रालयले त्यसलाई अन्तिम रूप दिने काम द्रुत गतिमा अघि बढाइरहेको छ।
हाल संसद् अधिवेशन नरहेको उल्लेख गर्दै मन्त्री गौतमले सम्मेलनअघि कानुन निर्माणको गति नरोकिने स्पष्ट पारिन्। ‘संसद् अधिवेशन नभएको अवस्थामा आवश्यक परे सरकारले अध्यादेशमार्फत भए पनि कानुन ल्याउँछ,’उनले भनिन्, ‘अध्यादेश ल्याइए पनि पछि संसद्मा प्रतिस्थापन विधेयक लगेर दुवै सदनबाट पारित गराइनेछ।’










प्रतिक्रिया दिनुहोस्