राजनीति

राप्रपाका दुई नेतालाई सोधियो स्पष्टीकरण



काठमाडौँ, ३ बैशाख । राप्रपाको केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई ७२ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पार्टी अनुशासन समितिको बुधबार बसेको बैठकले पार्टीको आन्तरिक अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा राप्रपाका उक्त दुई नेतालाई कारबाही प्रक्रिया अघि बढाइएको छ । पार्टीको अनुसन्धान तथा अनुशासन समितिले ती दुई नेताले पार्टीको प्रतिष्ठामा आँच आउने गरी गतिविधि गरेको ठहर गर्दै उनीहरूलाई ७२ घण्टाभित्र चित्तबुझ्दो जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो ।

उनीहरुको पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा उछिनेको र अनुशासनको दायरा नाघेको आरोप छ । त्यस्तै चुनावका बेला पार्टीको निर्णय विपरीत अभिव्यक्ति दिने तथा सामाजिक सञ्जालमा मर्यादाविपरीत टिप्पणी गर्ने कार्यलाई अनुशासनको गम्भीर उल्लंघन मानिएको छ ।