Banner News

दोहोरो कर हटाउने वित्त परिषद्को निर्णय (पूर्णपाठसहित)



काठमाडौँ, ४ बैशाख । अर्थ मन्त्रालयमा बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको अन्तर सरकारी वित्त परिषद्को बैठकले दोहोरो कर हटाउने निर्णय गरेको छ ।

सरकारले राजस्व चुहावट नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय गर्ने, आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिन प्रत्येक तहले चालू आर्थिक वर्षभित्रै राजस्व संकलन र चुहावट नियन्त्रण कार्ययोजना तयार गर्ने, विद्युत, पर्वतारोहण, वन र खानीको रोयल्टीमा स्थानीय तहको हिस्सा बढाउन नयाँ सूत्र ल्याउनले निर्णय पनि गरेको छ ।

यस्तै एक स्थानीय तहबाट अर्कोमा सामान लैजाँदा लिइने गैरकानुनी शुल्क र दस्तुर तत्काल हटाउन पनि निर्देशन दिइएको छ । छिमेकी देशका पर्यटकसवार सवारीसाधनले भन्सारमा अस्थायी शुलक तिरेपछि नेपालभर हिँड्न पाउने व्यवस्था गर्न निर्णय पनि बैठकले गरेको छ।