काठमाडौँ, ६ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले मन्त्रीहरुलाई आइफोन दिन लागेको विषय भ्रामक भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने विषय कसैको परिकल्पनाको भ्रामक कथा मात्र भएको बताएका छन् । यस्तो कल्पना कसरी निर्माण भयो भन्ने जिज्ञासा पनि उनले राखेका छन् ।
उनले भनेका छन्, ‘कसको कल्पनामा किन निर्माण भयो ? यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनीयता सुनिश्चत गर्नुहोला ।’ ‘यो सरकार, हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ, नागरिकको करको पैसाको दुरूपयोग गर्न हैन । जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौँ ।’










प्रतिक्रिया दिनुहोस्