काठमाडौँ, ६ बैशाख । केरा एक पौष्टिक फल हो । जसले तुरुन्तै ऊर्जा प्रदान गर्छ र स्वास्थ्यमा फाइदा पुर्याउँछ ।
हेर्नुहोस् १० फाइदाहरु:
१. केरा भिटामिन बि सिक्सको प्रमुख स्रोत हो । जुन भिटामिनले राता रक्तकण उत्पादन गर्ने, कार्बोहाइड्रेट र चिल्लो पदार्थलाई मेटाबोलिज्म गराएर शक्ति प्रदान गर्ने, एमिनो एसिडको मेटाबोलिज्म गराउने, कलेजो र मिर्गौलाबाट अनावश्यक रसायन हटाउने काम गर्छ ।
२. केरामा आवश्यक मात्रामा पाइने पोटासियमका कारण मिर्गौलामा पत्थर बन्ने जोखिम कम गर्ने, स्नायु प्रणालीलाई स्वस्थ राख्ने, गर्भको बच्चाको विकास गराउने जस्ता आदि कार्य गर्छ ।
३. केराले हाड आदिलाई स्वस्थ राख्ने, सेरोटोनिन हर्मोन उत्पादन गरी मस्तिष्कको स्वास्थ्य राम्रो बनाउने, निद्रा लगाउने, मुड राम्रो बनाउने र तनाव हटाउने जस्ता आदि कार्य गर्छ ।
४. केरामा पाइने म्याग्निज तत्त्वले छालालाई स्वस्थ र राम्रो बनाउँछ ।
५. मुटु पोल्ने र आमाशयमा घाउ (पेप्टिक अल्सर) भएमा पनि यसलाई औषधीका रूपमा प्रयोग गरी निको बनाउन सकिन्छ । केराले आमाशयको पिएचको मात्रालाई सन्तुलन गराई म्युकस तहको उत्पादन बढाउँछ, पेट दुखाइसमेत निको बनाउँछ । यसमा पाइने फाइबरका कारण आमाशयको खानालाई छिटो अघि बढाई अम्लपित्तको समस्यासमेत निको बनाउँछ ।
६. छाति पोल्ने- पेटमा अम्लपना बढेर डकार आउने, अमिलो पानी आउने तथा छाति पोल्ने जस्तो समस्या देखिएमा केराको सेवन उपयोगी हुन्छ । केरामा प्राकृतिक अम्लप्रतिरोधी तत्व हुन्छ ।
७. जिउको तापक्रम नियन्त्रण- गर्मी याममा सरीरको आँत सितल पार्नका लागि केराको सेवन निकै उपयोगी हुन्छ । यसले सरीरबाट नष्ट हुने पानी तथा चिनीको भरणपोषण तत्कालै गरिदिन्छ ।
८. लामखुट्टेले टोकेर दुखेको, चिलाएको वा सुन्निएको ठाउँमा केराको बोक्राको भित्री भाग दल्नाले दुखाइ तथा चिल्चिलाहट कम हुन्छ ।
९. ह्याङओभर- कुनै एकोहोरो तथा दिक्क लाग्ने खालको काम गरेपछि, निकै व्यस्त समयबाट उम्किएपछि वा मदिरापान पछि हुने टाउको दुखाइ अर्थात् ह्याङओभरलाई हटाउनका लागि केरा निकै उपयुक्त हो ।
१०. केराले रगतमा चिनीको मात्रा सन्तुलन गर्दछ ।










प्रतिक्रिया दिनुहोस्