राजनीति

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौँ, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । 

झाका अनुसार बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा केन्द्रित हुनेछ ।

प्रवक्ता झाले बैठकको सुरुमा पार्टीका हालसम्मका गतिविधिहरूको ब्रिफिङ गरिने र त्यसपछि २० जना केन्द्रीय सदस्यहरूलाई जनस्तरको रिपोर्टिङका लागि जनही २ मिनेटको समय उपलब्ध गराइने जानकारी दिए ।