एजेन्सी, १६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको छ ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत इरान कहिल्यै पनि आणविक हतियार नराख्न, इन्धन तथा अन्य सामान ढुवानीका लागि हर्मुज जलमार्ग खोल्न सहमत हुनुपर्ने शर्त उल्लेख गर्नुभएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविरामका लागि ‘अमेरिकी अत्यधिक’ माग के हुने भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर रहने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इरानका उच्च कूटनीतिज्ञ अराघचीले आफ्ना ओमानी समकक्षीलाई मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौताका लागि उसले आफ्नो ‘अत्यधिक माग’ त्यागेमा मात्र सम्भव रहेको बताउनुभएको छ । यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दाबी गर्नुभएको थियो ।
यद्यपि उहाँले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको पनि बताउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्