काठमाडौँ, १८ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा राखेको विषय निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् ।
आज नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा लुम्बिनी प्रदशेमा आयोजित कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेसले यसको सम्पूर्ण रूपले विरोध गर्ने बताए ।
उनले भने, “सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्,” “प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ ।” “प्रधानमन्त्रीजीले नबुझिकन बोल्नुभएको हो भने चिन्ताजनक छ,” थापाले भने, “धेरै बुझेर बोल्नुभएको भए खतरनाक छ ।”










प्रतिक्रिया दिनुहोस्