काठमाडौँ, २१ जेठ । भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोडस्थित आर्मी ब्यारेक नजिकै श्रीमानले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरको अनुसार बुधबार बेलुका घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।
शंकरापुर नगरपालिका वडा नं. ६ नाङ्लेभारे घर भई हाल भक्तपुरमा डेरा गरी बस्ने ३८ वर्षीय विदुर विश्वकर्माले श्रीमतीलाई खुकुरी प्रहार गरेका हुन् । झगडा छुट्टाउने क्रममा उनीहरूका ८ वर्षीय छोरा त्रिशल विश्वकर्मासमेत घाइते भएका छन् ।
घाइते बालकलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारपश्चात् उनी बुधबार नै डिस्चार्ज भएका बालकलाई आवश्यक संरक्षणका लागि बाल मैत्री कक्षमा राखिएको छ ।
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी बरामद गर्नुका साथै अभियुक्त विदुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्