समाचार

ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु



काठमाडौँ, २१ जेठ । बाजुरामा ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान बूढीनन्दा नगरपालिका–६ कोटिलाका टेकेन्द्र र नीर रावतबीच स्थानीय होटलमा मदिरा पिएपछि विवाद हुँदा नीरको मृत्यु भएको हो ।

मदिराले मातेका दुवैजनाबीच विवाद हुँदा टेकेन्द्रले प्रहार गरेको ढुङ्गाले लागेर नीरको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।