काठमाडौँ, २३ जेठ । नेकपा (एमाले)ले गुमेको जनसम्बन्धलाई विकास र पार्टी रुपान्तरणका सात आधारहरु तयार गरेको छ ।
पार्टीका महासचिव शंकर पोखरेलले उक्त सात आधारहरु तयार गरिएको जानकारी दिनुभयो । उहाँले आज सामाजिक सञ्जालमा पार्टीसँगको जनसम्बन्ध र पार्टी रुपान्तरणका सात आधारहरु प्रस्तुत गर्नुभयो ।
सात आधारहरु प्रस्तुत गर्दै उहाँले भन्नुभएको छ, ‘रूपान्तरणको आधार जनतासँगको बलियो सम्बन्ध, लोकतान्त्रिक अभ्यास र संघर्षशील राजनीतिक संस्कार नै हो। एकता, अनुशासन र विधिसम्मत प्रणालीको अनुशरणगर्दै संस्थागत वाटोवाट नै यी उद्देश्य पुरा गर्न सकिन्छ ।’
उहाँले प्रस्तुत गर्नुभएका ‘जनसम्बन्ध विकास र पार्टी रूपान्तरण’का सात आधारहरु
गम्भीर आत्मसमिक्षा र रूपान्तरणको दृढ संकल्प
कमिटी प्रणालीको पुनर्स्थापना र सुदृढीकरण
सामूहिक नेतृत्व प्रणालीको विकास
वर्गसंघर्ष र राजनीतिक संघर्षमा सक्रिय जोड
जनपक्षीय जीवनशैली, व्यवहार र आचरणको अवलम्बन
पार्टी जीवनमा लोकतान्त्रिक मूल्य–मान्यताको अनुशरण
नीति र नेतृत्व स्थापित गर्न नयाँ आधार तथा दृष्टिकोणको खोजी










प्रतिक्रिया दिनुहोस्