समाचार

बयलगाडाले किचेर घाइते बालकको मृत्यु



काठमाडौँ, २४ जेठ । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार बरहथवा नगरपालिका–१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका थिए । 

त्यसबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारको लागि बरहथवास्थित नगर अस्पताल पु-याएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पु-याएकामा बालकको आज बिहान मृत्यु भएको हो । 

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।