काभ्रे, २४ जेठ । भक्तपुर जिल्लाको थिमी नगरपालिका वडा नं. ३ बस्ने जानकी श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा मानव कल्याण समाजलाई सहयोग गर्नुभएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ५ ढलमलेमा सञ्चालनमा रहेको समाजको वालसेवा घरलाई सहयोग गर्नुभएको हो । असहाया तथा बेवारिसे वालबालिकाको संरक्षण तथा सम्वद्र्धन गरिरहेको सेवाघरलाई उहाँले नगद तथा दिवा खाजा खुवाउनुभयो ।
‘सेवा नै धर्म हो’, उहाँले भन्नुभयो, ‘आफ्नो जन्मदिनलाई वालवालिकाको सहयोग तथा मानवीय सेवाको भावले वालसेवा घरमा रहेका बालबालिकालाई नगद तथा दिवा नास्ताको सहयोग गरेको छु ।’ कार्यक्रममा शिक्षिका विना देउवा, समाजसेवी उपमा आले तथा बरिष्ठ पत्रकार पेशल कुमार आयार्य लगायतको सहभागिता रहेको थियो ।
उक्त सेवाघरमा हाल ३४ जना वालवालिकाहरु रहेका छन् । जसलाई बागमती प्रदेश सरकारले भवनको व्यवस्थापन गरिदिएको छ भने अन्य व्यवस्थापन मानव कल्याण समाजले विभिन्न दाता, सहयोगी व्यक्ति, संघसंस्थाहरुको सहयोग तथा महायज्ञहरु लगाई सहयोग जुटाई सञ्चालन गरिरहेको छ । समाजले सडक मानवलाई उद्धार गरी पालन पोषण गरी सडक मावनमुक्त बनाउने सरकारको अभियानलाई व्यवस्थित र प्रभावकारी तवरले तीन वटै तहका सरकारसँग समन्वय गरी सञ्चालन गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्