राजनीति

नवनियुक्त दुई मन्त्री गुरुङ र पुनले लिए शपथ



काठमाडौँ, २६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीहरूलाई शपथग्रहण गराएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलले सुधन गुरुङ र महावीर पुनलाई मन्त्री पदको शपथ खुवाएका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार उनीहरूलाई मन्त्री नियुक्तिको सिफारिस गरेका थिए । उनले सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्तिको सिफारिस गरेका थिए ।

यसअघि गृहमन्त्री सुधन गुरुङ नै थिए । उनको राजीनामापछि प्रधानमन्त्री आफैँले मन्त्रालय सम्हालेका थिए । त्यस्तै, नवप्रवर्तन मन्त्रालय नयाँ गठन गरिएको थियो ।